मोन्टी देशाइको फेसबुक ‘ह्याक’
काठमाडौं : नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइको फेसबुक ‘ह्याक’ भएको छ।
राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले प्रशिक्षक देशाइको फेसबुक ‘ह्याक’ भएको जानकारी गराएका हुन्।
ह्याक भएको फेसबु्कबाट कुनै पनि शंकास्पद पोस्ट वा सन्देशहरूबाट आएका अन्तरक्रिया नगर्न उनले सुझाएका छन्।
कुनै शंकास्पद पोस्ट र म्यासेज आएको खण्डमा फेसबु्कलाई रिपोर्ट गर्नसमेत उनले आग्रह गरेका छन्।
नेपाली क्रिकेट टोली आगामी १८ अप्रिलदेखि काठमाडौंमा हुने एसीसी प्रिमियर कपको तयारीमा छ।
त्रिवि मैदान र मुलापानी मैदानमा १० राष्ट्रबीच हुने प्रतियोगिताको विजेता टिमले सेप्टेम्बरमा सुरु हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा स्थान बनाउनेछ।
चैत २१, २०७९ मंगलबार १८:२६:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।