‘माननीयज्यू ! मोबाइल स्वीच अफ गर्नुस्’

‘माननीयज्यू ! मोबाइल स्वीच अफ गर्नुस्’

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा मोबाइल स्वीच अफ गर्न सांसदहरूलाई आग्रह गरेका छन्।

मंगलबार राष्ट्रियसभा बैठकमा उनले मोबाइल स्विच अफ गर्न सांसदहरूलाई सचेत गराएका हुन्।

एकीकृत समाजवादीकी सांसद् मदनकुमारी साह गरिमाले बोलिरहका बेला एक सांसद्ले मोबाइल चलाइरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले त्यसो नगर्न भनेका हुन्।

अध्यक्ष तिमिल्सिनाले भने, ‘माननीयज्यू मोबाइल स्विच अफ गर्नुस्।’

सदन चलिरहेका बेला सांसदहरूलाई राष्ट्रियसभाका अध्यक्षले सचेत गराउन सक्ने अधिकार हुन्छ।

अझ प्रतिनिधि सभाको बैठकमा त सांसद्हरू निदाएको, आपसमा गफमा व्यस्त भएको र मुखबाट सुर्ती निकालेर भुईँमा फालेको दृश्य देखिएको थियो।

चैत २१, २०७९ मंगलबार १५:००:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।