अस्ट्रेलियाले लगायो सरकारी डिभाइसबाट टिकटक चलाउनमा प्रतिबन्ध

अस्ट्रेलियाले लगायो सरकारी डिभाइसबाट टिकटक चलाउनमा प्रतिबन्ध

एजेन्सी : अस्ट्रेलियाले सरकारी डिभाइसबाट टिकटक चलाउन प्रतिबन्ध लगाएको छ।

देशको गुप्तचर र सुरक्षा निकायको सुझावमा सरकारी डिभाइस र उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो। 

सुरक्षाका कारण देखाउँदै यसअघि अमेरिका, क्यानडा, इंल्याण्ड र न्युजिल्याण्डले उक्त एप्लिकेशनमाथि प्रतिबन्ध लगाइसकेका छन्।

युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली संघ लगायत प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका उपकरणमा टिकटक निषेध गरेका छन्। ती संस्थाले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेको छ। 

साथै गोपनीयता र सुरक्षाको कारण देखाउँदै भारतले सन् २०२० मा टिकटक र वी च्याट जस्ता दर्जनौं चिनियाँ एपमा  प्रतिबन्ध लगाएको थियो।

चैत २१, २०७९ मंगलबार १४:०३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।