बुटवलमा थालियो सामुदायिक कुकुरहरूको बन्ध्याकरण
बुटवल : बुटवलमा सामुदायिक कुकुरहरूको बन्ध्याकरण गर्न सुरु गरिएको छ।
बुटवल उपमहानगरभित्र सडकमा कुकुरहरूको संख्यामा वृद्धि हुनबाट रोक्न र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो।
मंगलबार बुटवल उपमहानगरपालिकाले वातावरण तथा सामाजिक परिवर्तनका लागि युवासँगको सहकार्यमा ३ दिने अभियान सुरु गरेको हो।
अभियानका क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आगामी वर्षदेखि बुटवलमा कुकुर पाल्नका लागि अनुमति लिनुपर्ने व्यवस्था गर्ने कानुन बनाइरहेको बताए।
सबैतिरबाट सहज पहुँच भएकाले बुटवलमा छाडा चौपाया र कुकुरहरूको संख्या बढ्दै गएकाले यसलाई रोक्नका लागि तयारी थालिएको उनले जानकारी दिए।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बुटवलका १९ वटै वडाका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिने बताए।
चैत २१, २०७९ मंगलबार १२:११:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।