बंगलादेशको कपडा बजारमा भीषण आगलागी, आगो निभाउन पानीको अभाव

बंगलादेशको कपडा बजारमा भीषण आगलागी, आगो निभाउन पानीको अभाव

एजेन्सी : बंगलादेशको राजधानी ढाकाको बंगबजारमा भीषण आगलागी भएको छ।

सस्तो कपडा बजारका रुपमा चर्चित बंगबजारमा बिहान स्थानीय समय अनुसार ६:१० बजेदेखी आगलागी सुरु भएको हो।

ढाका ट्रिबुनका अनुसार पाँच घण्टाको प्रयासपछि पनि आगलागी नियन्त्रणमा आएको छैन भने हाल आगो निभाउन पानीको समेत अभाव भएको छ।

आगलागी नियन्त्रणका लागि ५० भन्दा बढी दमकल र ६०० भन्दा बढी आगलागी नियन्त्रकहरुले काम गरिरहेका छन्।

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ।

चैत २१, २०७९ मंगलबार ११:५३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।