एलन मस्कको अर्को हर्कत : ट्वीटरको लोगोमा चरा हटाएर राखिदिए कुकुर

एलन मस्कको अर्को हर्कत : ट्वीटरको लोगोमा चरा हटाएर राखिदिए कुकुर

एजेन्सी : विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरको लोगो नाटकीय रुपमा परिवर्तन गरिएको छ।

ट्वीटरको चर्चित लोगोको रुपमा रहेको निलो रंगको चराको ठाउँमा पहेंलो रंगको कुकुरलाई राखिएको छ।

सुरुमा ट्वीटर ह्याक भएर यो लोगो परिवर्तन भएको समाचार आइरहेका बेला ट्वीटरका सीईओ एलन मस्कले ​​​​​​नै ट्वीट गर्दै लोगो परिवर्तन भएको घोषणा गरेका हुन्।

मस्कले उनको विवादास्पद क्रिप्टोकरेन्सी ‘डोजेक्वाइन’ मा राखिएको कुकुर (डगी मिम) लाई नै ट्वीटरको नयाँ लोगो बनाइदिएका छन्।

हाल मस्कले यसै विवादास्पद डोजेक्वाइनसम्बन्धी मुद्दा खेपिरहेका छन् भने यो लोगो केही समयमा लागि मात्र परिवर्तन गरिएको बताइएको छ।

ट्वीटरको चर्चित निलो चराको लोगोको स्थानमा कुकुर (डगी मिम) को तस्बिर राखिएपछि हाल उनको चर्को आलोचना भइरहेको छ।

चैत २१, २०७९ मंगलबार १०:३७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।