मिटरब्याजीको आरोपमा जनमतको केन्द्रीय सदस्य पक्राउ

मिटरब्याजीको आरोपमा जनमतको केन्द्रीय सदस्य पक्राउ

सप्तरी : जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र शर्मा मिटरब्याजीको आरोपमा पक्राउ परेका छन्। शर्मालाई सोमबार बिहान राजविराजबाट प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार इलाका प्रहरी कार्यालय कल्याणपुरको प्रहरीले  शर्मालाई ठगी मुद्दामा पक्राउ गरेको हो। प्रहरीले  शर्मा पक्राउको विस्तृत विवरण सार्वजनिक गरेको छैन।

सरकारले हालै मिटर ब्याजी पीडितसँग सहमति गरेर सोमबार आयोग समेत बनाइसकेको छ।

चैत २०, २०७९ सोमबार २२:३९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।