आईपीएलमा आज : चार वर्षपछि घरेलु मैदानमा फर्कियो चेन्नई, तर उच्च मनोबलसहित खेल्दै लखनऊ

आईपीएलमा आज : चार वर्षपछि घरेलु मैदानमा फर्कियो चेन्नई, तर उच्च मनोबलसहित खेल्दै लखनऊ

काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल) टी–२० क्रिकेटमा आज महेन्द्रसिंह धोनीले कप्तानी गरेको चेन्नई सुपरकिंग्स र केएल राहुलको कप्तानीमा रहेको लखनऊ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।

खेल राति पौने ८ बजे चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुनेछ। गुजरात टाइटान्ससँग पहिलो खेल ५ विकेटले हारेको चेन्नई चार वर्षपछि घरेलु मैदानमा जित निकाल्न चाहन्छ।

चेन्नईले यो मैदानमा अन्तिम पटक सन् २०१९ मा मुम्बईसँग आईपीएल खेलेको थियो। त्यसपछि कोरोनाका कारण एमए चिन्दम्बरम मैदानमा आईपीएलका कुनै पनि खेल भएनन्।

चेन्नई प्रतियोगिताको सबैभन्दा सफल टोलीमध्ये एक हो। टोलीले प्रतियोगितामा मुम्बईपछि सबैभन्दा बढी ४ पटक उपाधि जितेको छ। उपाधि जितेको छ।

१३ मध्ये ११ पटक प्लेअफमा पुगेको टोलीले ९ पटक त फाइनल मात्र खेल्यो।

यस्तै, दिल्लीलाई ५० रनले हराएर जित निकालेसँगै प्रतियोगिताको विजयी सुरुवात गरेको लखनऊ उच्च मनोबलका साथ मैदान उत्रँदैछ। गत वर्षबाट मात्र प्रतियोगितामा सहभागी लखनऊ सुपरजायन्ट्सको यो दोस्रो सिजन हो।

पहिलो सिजनमा टोलीले क्वालिफायरमा पुगेको थियो। त्यसपछि लखनउ र चेन्नईको टोली लिग चरणमा एकपटक भिडेका थिए। उक्त खेल लखनउले जितेको थियो।

३८ हजार दर्शक क्षमताको एमए चिदम्बरम स्टेडियमको पिचमा स्पिनरहरूले मद्दत पाउँछन्। कप्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्नुपर्छ। यस मैदानमा ब्याट्सम्यानले स्पिनरहरू विरुद्ध सावधानीपूर्वक खेल्नुपर्छ।

मौसमको कुरा गर्दा चेन्नईमा सोमबार मौसम सफा हुनेछ। पानी पर्ने सम्भावना छैन। सोमबार यहाँको तापक्रम २८ देखि ३३ डिग्री सेल्सियसबीच रहनेछ।

चैत २०, २०७९ सोमबार १२:०३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।