चितवन-२ मा रवि लामिछानेले दर्ता गराए मनोनयन

चितवन-२ मा रवि लामिछानेले दर्ता गराए मनोनयन

चितवन : चितवन निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन्।

उनले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएको भए पनि तनहुँ जाने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघिको निर्वाचनमा भारी मतान्तरले विजयी भएका लामिछाने नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त भएका थिए।

लामिछाने पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनको मतदान २०८० वैशाख १० गते हुनेछ।

मनोनयन दर्तापछि उनले आफू उत्साहित र आशावादी रहेको बताएका छन्।

चैत २०, २०७९ सोमबार ११:०८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।