महिलाले दिएको उपहार पड्किएर रुसी सेनाका भ्लगरको मृत्यु

महिलाले दिएको उपहार पड्किएर रुसी सेनाका भ्लगरको मृत्यु

एजेन्सी : रुसको एक क्याफेमा रुसी सेनाका मुख्य भ्लगर भ्लादेन टार्टस्कीको मृत्यु भएको छ।

रुसको सेन्ट पिटर्सबर्गस्थित एउटा क्याफेमा बट्टा विष्फोट हुँदा भ्लगरको मृत्यु भएको हो।

रुसी रक्षा मन्त्रालयका अनुसार सेन्ट पिटर्सबर्गको स्ट्रिट फुड बार वानमा छलफलमा रहेका ब्लगरलाई एक महिलाले उपहार भन्दै दिएको बट्टा विष्फोट भएको हो।

घटनामा २५ जना घाइते भएको र घाइतेमध्ये १९ जनालाई अस्पताल भर्ना गरिएको त्यहाँको प्रहरीले जनाएको छ।

वास्तविक नाम म्याक्सिम फोमिन रहेका भ्लगरका टेलिग्राममा ५ लाख ६० हजार फ्लोअर रहेका छन्।

युक्रेनमा रुसी आक्रमणका कडा समर्थक भ्लगरले युक्रेन आक्रमणको फ्रन्टलाइनबाट रिपोर्टिङ गर्दै आएका थिए।

चैत २०, २०७९ सोमबार १०:१९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।