बुटवल–पाल्पा सडक दैनिक ९ घण्टा अवरुद्ध हुने

बुटवल–पाल्पा सडक दैनिक ९ घण्टा अवरुद्ध हुने

बुटवल : सिद्धबाबा सुरुङमार्ग निर्माणका क्रममा बुटवल–पाल्पा सडक खण्ड अब दैनिक ९ घण्टा अवरुद्ध हुने भएको छ।

सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरू गरेको र माथिवाट खुकुला ढुंगाहरू पहिरो झरि कार्य गर्न जोखिम भएकाले बाटो बन्द गर्नुपरेको डिभिजन सडक कार्यालयले जनाएको छ।

राष्ट्रिय महत्वको सुरुङ मार्ग निर्माणमा दुर्घटनाको उच्च जोखिम हुने हुँदा  चैत २१ गतेदेखि विहान ११ बजेदेखि अपराह्न २ बजेसम्म र राती १० बजेदेखि विहान ४ बजेसम्म अर्को सूचना प्रकाशित नभएसम्म सडक बन्द हुने जनाइएको छ।

सो समयमा एम्बुलेन्स लगायत अत्यावश्यकीय सवारी साधन सन्चालनमा अवरोध नहुने सूचनामा उल्लेख छ।

चैत २०, २०७९ सोमबार ०८:०२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।