विश्व हिन्दु महासंघ नेपालको आठौं महासभा बुटवलमा
बुटवल : विश्व हिन्दु महासंघ नेपालको आठौं महासभा रुपन्देहीको बुटवलमा हुने भएको छ।
चैत २१ र २२ गते बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा देशभरका विश्व हिन्दु महासंघमा आवद्ध व्याक्तिहरूको सहभागितामा महासभा हुन लागेको हो।
विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा रामचन्द्र अधिकारीले देशभरबाट आउने प्रतिनिधि, पर्यवेक्षकहरूको वासस्थान व्यवस्थापन तथा महासभाका लागि बुटवलमा आयोजना हुने भव्य शोभायात्राको तयारी पूरा भएको जानकारी दिए।
बुटवलमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिले यहि चैत २१ गते बिहान ११ बजे विश्वहिन्दु महासंघ रुपन्देही रहेको स्थान हाटबजारबाट शोभा यात्रा कार्यक्रम स्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुग्ने जानकारी दियो।
अन्तर्राष्ट्रिय सम्मेलनमा देशभरबाट आएका शन्तहरूलाई प्रमुख अतिथि बनाएर मुल कार्यक्रम आयोजना हुने अध्यक्ष अधिकारीले बताए।
राष्ट्र रक्षा र धर्मरक्षाका लागि हिन्दुराष्ट्रको मुख्य अभियान स्वरूप महासभामा विशेष छलफल हुने विश्व हिन्दु महासंघ नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष वरिष्ठ अधिवक्ता बेन बहादुर पौडेल क्षेत्रीले जानकारी दिए।
शिशु कक्षादेखि विश्व विद्यालयसम्मको पाठ्यक्रममा परिमार्जित गरी स्वरोजगारमुलक मौलिकता झल्किने रोजगारमुलक वैज्ञानिक पाठ्यक्रम निर्माणको लागि पनि महासभावले विशेष पहल गर्ने जनाइएको छ।
कार्यक्रम ‘विश्व भरिका ॐ कार परिवारको एक मात्र चाहना, सनातन हिन्दु गुरुराष्ट्र नेपालको पुनः स्थापना’ भन्ने नाराका साथ हुनेछ।
चैत २०, २०७९ सोमबार ०७:५७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।