बागमतीसहित यी तीन प्रदेशका केही स्थानमा पानी पर्ने

बागमतीसहित यी तीन प्रदेशका केही स्थानमा पानी पर्ने

काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही  स्थानमा  सोमबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना छ।

पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

सोमबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ।

राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

चैत २०, २०७९ सोमबार ०७:४८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।