ग्लोबल आईएमई बैंकको ‘हृयाप्पी आवर्स’ योजना

ग्लोबल आईएमई बैंकको ‘हृयाप्पी आवर्स’ योजना

काठमाडौं : ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत बैंकका ग्राहकले बैंकको मोबाइल एप्लिकेशन ‘ग्लोबल स्मार्ट प्लस’बाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन्।

चैत्र १९ देखि सुरु योजना आगामी वैशाख १६ गतेसम्म लागू हुने बैंकले जनाएको छ। योजनामा प्रति ग्राहक दिनमा एउटा कारोबारमा मात्र क्यासब्याक पाउनेछन्।

योजनाअन्तर्गत आइतबार बेलुका ७ देखि १० सम्म मोबाइल डाटा चलाउन डाटा प्याक खरिद गर्दा, सोमबार बेलुका ७ देखि १० सम्म टिभीको बिल भुक्तानी गर्दा २० प्रतिशतसम्म अर्थात् अधिकतम १ सय रुपैयाँ क्यासब्याक पाउनेछन।

त्यसैगरी, मंगलबार बेलुका ७ देखि १० सम्म इन्टरनेटको बिल तिर्दा, बुधबार बेलुका ७ देखि १० सम्म हवाईजहाजको टिकट खरिद गर्दा, शनिबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म केबलकारको टिकट खरिद गर्दा पनि उक्त रकम क्यासब्याक पाउनेछन्।

चैत २०, २०७९ सोमबार ०७:४३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।