आईपीएलमा बैङलोरको विजयी सुरूवात, मुम्बई ८ विकेटले स्तब्ध
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्सस बैङलोरले विजयी सुरुवात गरेको छ।
गएराति भएको खेलमा बैङलोरले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको हो।
चिन्नास्वामी स्टेडियममा घरेलु टोली बैङलोरले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो।
मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनायो। मुम्बईका लागि तिलक बर्माले ४६ बलमा अविजित ८४ रन बनाए।
जवाफी ब्याटिङ गरेको बैङलोरले २२ बल अगावै दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
विराट कोहली र कप्तान फाप डु प्लेसिसले एक सय ४८ रनको ओपनिङ साझेदारी गरेका थिए।
डु प्लेसिस ४३ बलमा ७३ रन बनाउदै आउट भए। कोहली ८२ रनमा अविजित रहे।
४९ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरेका थिए। ग्लेन म्याक्सवेल १२ रन बनाँउदै अन्तिम समयसम्म क्रिजमा रहे।
चैत २०, २०७९ सोमबार ०७:३२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।