आईपीएल : आइतबार हैदराबाद र बैंग्लोरमा दुई खेल हुँदै
काठमाडौं : भारतमा जारी विश्वकै सबैभन्दा महंगो क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल)मा आइतबार दुई खेल हुँदैछन्।
दिउँसो पौने चार बजे हुने पहिलो खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्दैछन्। यो खेल हैदराबादमा हुनेछ।
हैदराबादको कप्तानी एडेन मक्रमले सम्हाल्दा राजस्थान सन्जु सामसनको कप्तानीमा मैदान उत्रँदैछ। यद्यपि आजको खेलमा भने हैदराबादको कप्तानी भुवनेश्वर कुमारले गर्दैछन्।
यस्तै राति पौने ८ बजे हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बई इन्डियन्स भिड्दैछन्।
यी दुईबीचको खेल बैंग्लोरमा हुनेछ। बैंग्लोरको कप्तानी फ्याफ डु प्लेसिस हुन्। मुम्बई रोहित शर्माको कप्तानीमा खेल्दैछ।
यसअघि शनिबार भएको दुई खेलमा पञ्जाब किंग्स र लखनउ सुपर जाइट्सले जितेका थिए। त्यसअघि शुक्रबार भएको उद्घाटन खेलमा गुजरात टाइटन्सले विजयी सुरुवात गरेको थियो।
चैत १९, २०७९ आइतबार १३:१८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।