जसपाले सच्च्यायो कोसी प्रदेशको नाम

जसपाले सच्च्यायो कोसी प्रदेशको नाम

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालले कोशी प्रदेशको नाम सच्च्याएको छ।

२०७९ चैत १ गते जारी परिपत्रमा कोशी प्रदेश शब्द पर्न गएको भन्दै पार्टीले उक्त नाम सच्च्याएको हो।

आइतबार अध्यक्ष उपेन्द्र यादवले आन्तरिक सर्कुलरमार्फत तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश नं १ हुने र पछि नाम परिवर्तन भएमा उक्त परिवर्तित नामलाई प्रयोग गरिने जनाएका छन्।

२०७९ फागुन १४ गते पार्टीले प्रेस विज्ञप्ति जारी गरी जनताले प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्दछ भन्ने माग गरेको थियो।

यसलाई यथोचित रूपमा सम्बोधन गर्न उसले सरकारसँग मागसमेत गरेको छ।

चैत १९, २०७९ आइतबार १२:४०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।