भाजपा नेताको गोली हानी हत्या

भाजपा नेताको गोली हानी हत्या

एजेन्सी : भारतीय जनता पार्टीका नेता राजु झाको अज्ञात समूहले गोली हानी हत्या गरेको छ।

भारतका पश्चिम बङ्गाल पूर्वी बर्धमानको शक्तिगढमा शनिबार साँझ गोली हानेर हत्या भएको हो।

भाजपा नेता तथा दुर्गापुरका व्यापारी राजु झा आफ्ना केही सहकर्मीसँग कोलकाता जाँदै गरेको बेलामा गोली प्रहार भएको बीबीसी हिन्दीले जनाएको छ।

प्रहरीका अनुसार घटनापछि भाजपा नेतालाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनामा घाइते भएका अन्यको उपचार भइरहेको छ।

वाम मोर्चाको शासनकालमा झामाथि सिलपञ्चलमा अवैध कोइला व्यवसाय सञ्चालन गरेको आरोप लागेको थियो।

उनी डिसेम्बर २०२१ मा भएको विधानसभा चुनाव अघि भाजपामा प्रवेश गरेका थिए।

चैत १९, २०७९ आइतबार ११:२१:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।