एस्टन भिल्लासँग घरेलु मैदानमै हार्‍यो चेल्सी, झर्‍यो एघारौं स्थानमा

एस्टन भिल्लासँग घरेलु मैदानमै हार्‍यो चेल्सी, झर्‍यो एघारौं स्थानमा

एजेन्सी : इंग्लिस प्रिमियर लिगमा चेल्सी घरेलु मैदानमै पराजित भएको छ।

शनिबार राति भएको खेलमा घरेलु मैदानमा चेल्सी एस्टन भिल्लासँग २-० ले पराजित भएको हो।

भिल्लालाई अग्रता दिलाउन खेलको १८औं मिनेटमै ओली वाटकिन्सले गोल गरे। ५६औं मिनेटमा गोल गर्दै म्याकगिनले एस्टनको टिमको अग्रता दोब्बर बनाए।

चेल्सीले एस्टनमाथि २७ सट प्रहार गर्दा ८ सट टार्गेटमा राखेको थियो भने ६९ प्रतिशत बल पोसेसनमा राखेको थियो।

जितसँगै भिल्ला २८ खेलमा ४१ अंक जोडेर नवौं स्थानमा उक्लेको छ। उता चेल्सी भने समान खेलबाट ३८ अंकका साथ ११औं स्थानमा झरेको छ।

चैत १९, २०७९ आइतबार ०८:१८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।