एमालेबाट चितवन-२ मा रामप्रसाद, तनहुँ-१ मा सर्वेन्द्र

एमालेबाट चितवन-२ मा रामप्रसाद, तनहुँ-१ मा सर्वेन्द्र

काठमाडौँ : एमालेले उप निर्वाचनमा तनहुँ १ मा नेपाल प्रहरीका पूर्व आइजिपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसैगरी चितवन २ मा रामप्रसाद न्यौपाने उम्मेदवार हुने भएका छन्।

उप निर्वाचनका लागि उम्मेदवार तय गर्न शनिबार बसेको पार्टीको सचिवालय बैठकले दुवै क्षेत्रको उम्मेदवार तय गरेको हो। बारा २ का लागि भन्ने उम्मेदवार तय हुन सकेन।

खनाल मङ्सिर ४ को निर्वाचनमा काठमाडौँ ६ बाट उम्मेदवार बनेर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालसँग पराजित भएका थिए। रास्पवाले तनहुँ १ मा हालै नेपाली काँग्रेस छाडेका स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउँदैछ।

कांग्रेसले गोविन्द भट्टराइलाई उम्मेदवार बनाउने निर्णय गरेपछि टिकटका आकाङ्क्षी रहेका वाग्लेले पार्टी छाडेर रास्वपामा गएका थिए।

उता चितवनमा भने रास्वपाका सभापति रवि लामिछाने आफैँ उम्मेदवार बन्दैछन्। कांग्रेसले पूर्व जिल्ला सभापती जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

बारामा कांग्रेसले उपेन्द्र यादवलाई समर्थन गरेको छ। रास्वपाले बारामा नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेललाई उम्मेदवार बनाउँदैछ। तनहुँ १ बाट उम्मेदवार बन्दै गरेका खनाल र खरेल एकै ब्याचका प्रहरी अधिकृत हुन्। खनाल आइजिपी नियुक्त भएपछि उनले डिआइजीबाट राजीनामा दिएका थिए। 

चैत १८, २०७९ शनिबार १६:२०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।