आईपीएलमा आज दुई खेल, पहिलो खेल पौने चार बजेबाट

आईपीएलमा आज दुई खेल, पहिलो खेल पौने चार बजेबाट

काठमाडौं : १६औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार दुई खेल हुँदैछन्।

पहिलो खेल पन्जाब किंग्स र कोलकाता नाइट राइडर्सबीच पन्जाबको घरेलु मैदान मोहालीमा दिउँसो पौने ४ बजे सुरू हुनेछ।

दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ। लखनउको घरेलु मैदान हुने खेल बेलुका पौने ८ बजे हुनेछ।

शुक्रबारबाट सुरू भएको आईपीएलको उद्घाटन खेलमा गुजरात टाईटन्सले चेन्नाई सुपर किंग्सलाई ५ विकेटले हराएको थियो।

चैत १८, २०७९ शनिबार १४:०३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।