१२ मिनेटको अन्तरमा दुई भूकम्प

१२ मिनेटको अन्तरमा दुई भूकम्प

काठमाडौं : नेपालमा १२ मिनेटको अन्तरमा दुई भूकम्पका धक्का महसुस भएको छ।

दोलखाको सुरी केन्द्रविन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर शनिबार बिहान ११ बजेर ३९ मिनेटमा तीन दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि आजै बिहान ११ बजेर २७ मिनेट जाँदा दोलखाको सुरी केन्द्रबिन्दु भएर पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको थियो।

पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ।

चैत १८, २०७९ शनिबार १३:२०:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।