म पहिल्यैदेखि राम्रो खेलाडी हुँ : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आफू पहिल्यैदेखि राम्रो खेलाडी रहेको बताएका छन्।
खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ मा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्कूल पढ्दा राम्रो फुटबल खेलाडी भएको बताएका हुन्।
‘मेरो सबैभन्दा मनपर्ने खेल फुटबल हो। म स्कुल पढ्दा म्याच खेल्ने गर्थें,’ उनले भने, ‘हाइस्कुल स्तरको प्रतिस्पर्धामा सेन्टरमा बसेर राम्रै खेल्थेँ। अहिले त त्यो खेल छोडेर पोलिटिकल खेलमा लागिएको छ।’
खेल क्षेत्रको गुणस्तर सुधार गर्ने आफ्नो समय रहेको बताउँदै प्रधानमन्त्री दाहालले आफूलाई खेल क्षेत्रमा केही गरौँ भन्ने भावना रहेको उल्लेख गरे।
चैत १८, २०७९ शनिबार ११:५८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।