पीडितका आँशुले रुझेको बालुवाटार (तस्बिरहरू)
काठमाडौं : शनिबार विहान मिटरब्याज पीडितहरू आफ्ना गुनासो राख्नका लागि प्रधानमन्त्रीनिवास बालुवाटार पुगे।
न्यायका लागि १७ दिनदेखि संघर्षरत उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर रुँदै र भक्कानिँदै न्याय मागेका छन्।
एकपछि अर्को पीडितले आफ्ना कुरा राख्दै गर्दा कतिको आँखा टिलपिलाए भने कति भक्कानिए त कति धरधरी नै रोए।
एकपछि अर्का पीडित आफ्नो गुनासो प्रधानमन्त्रीलाई सुनाउँदै गर्दा प्रधानमन्त्रीका अगाडि बसेका अन्य पीडितहरू आँसु पछिरहेका थिए।
त्यसपछि सम्बोधन गरेका प्रधानमन्त्री दाहालले आफ्नै पालामा यसको सम्बोधन गर्ने बताएका छन्।
उनले यसका लागि कानून नै नरहेको जनाउँदै उनले भने, ‘मिटर ब्याजको समस्या अहिले समाधान भएन भने कहिल्यै हुँदैन।’
चैत १८, २०७९ शनिबार ११:२६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।