डलर साट्ने बहानामा ३० लाख ठगी, बालकोट बस्ने एक जना पक्राउ

डलर साट्ने बहानामा ३० लाख ठगी, बालकोट बस्ने एक जना पक्राउ

काठमाडौं : डलर साट्ने बहानामा विभिन्न व्यक्तिहरूबाट ३० लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ कर्थलि घर भई हाल भक्तपुर बालकोट बस्ने २८ वर्षीय भीमबहादुर तामाङ रहेका छन्। उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

उपत्यकाका विभिन्न स्थानबाट विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी डलर साटिदिन्छु भनि प्रलोभन देखाई ठगी गरेको घटनाको थप अनुसन्धानको क्रममा तामाङको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत सातदोबाटो पठाउनुका साथै प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ।

चैत १८, २०७९ शनिबार ०९:२५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।