पाकिस्तानमा पिठोका लागि भागदौड, १२ जनाको मृत्यु

पाकिस्तानमा पिठोका लागि भागदौड, १२ जनाको मृत्यु

एजेन्सी : पाकिस्तानको कराँची शहरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ।

आठ महिला र तीन बालबालिकाको मृत्यु भएको हो। २९ जना गम्भीर घाइते भएका छन्।

घटना कराँचीस्थित एक कारखाना परिसरमा भएको हो। रमजानमा खाद्यान्नलगायत अन्य सामग्री वितरण गरिरहेको स्थानमा भागदौड मच्चिएको हो।

रमजान चलिरहेको समय पाकिस्तानमा नि:शुल्क पिठो पाउन भागदौडका घटना भइरहेका छन्।

केही दिनअघि पञ्जाब प्रान्तमा पिठो वितरण भइरहेको स्थानमा संघर्ष चल्दा ११ जनाको मृत्यु थियो।

चैत १८, २०७९ शनिबार ०७:३४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।