माइक्रोले स्कुटर चालकलाई सडकमै घिसारेर ४० मिटर तल पुर्यायो

माइक्रोले स्कुटर चालकलाई सडकमै घिसारेर ४० मिटर तल पुर्यायो

पोखरा : पोखराको न्यूरोडमा मिनी माइक्रो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

शुक्रवार मिनी माइक्रोले ठक्कर दिँदा स्कुटर चालक पोखरा महानगरपालिका–८ का ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको हो।

पोखराको न्यूरोडस्थित भाटभटेनी नजिकै ग ५ प ९४ नम्बरको स्कुटरलाई ग १ ज ४५४० नम्बरको माइक्रो बसले ठक्कर दिएको थियो। ठक्करबाट घाइते स्कुटर चालक थकालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका थकालीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार माइक्रोले स्कुटर चालकलाई सडकमै घिसारेर ४० मिटर तल पुर्याएको थियो।

प्रहरीले सवारी चालक र माइक्रोलाई नियन्त्रणमा लिएको छ। दुर्घटनापछि स्थानीयले बसमा तोडफोडको प्रयास गर्न खोजेका थिए।

चैत १७, २०७९ शुक्रबार २३:२१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।