श्रीलंकाले पनि विश्वकप छनोट खेल्नुपर्ने

श्रीलंकाले पनि विश्वकप छनोट खेल्नुपर्ने

एजेन्सी : विश्वकप विजेता श्रीलंकाले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन छनोट खेल्नुपर्ने भएको छ।

आईसीसी सुपर लिगको अन्तिम खेलमा श्रीलंका घरेलु टोली न्युजिल्यान्डसँग ६ विकेटले पराजित भएसँगै सोझै विश्वकपमा स्थान बनाउने सम्भावना समाप्त भएको हो।

श्रीलंका सुपर लिगमा २४ खेलमा ७ मा जित र १३ मा हारसहित ८१ अंकका साथ नवौं स्थानमा अन्त्य गरेको छ। योसँगै अपौचारिक रूपमा छनोट खेल्ने पक्का भएको छ।

सुपर लिगको नियमअनुसार आयोजक भारतसहित शीर्ष आठ टोलीले मात्रै विश्वकपमा सोझै स्थान बनाउछन्। भारत, पाकिस्तान, बंगलादेश, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान र इंग्ल्यान्ड गरि ७ टोली सोझै विश्वकपमा पुगिसकेका छन्।

अब वेस्टइन्डिज, आयरल्यान्ड र दक्षिण अफ्रिकामध्ये एक टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछन्।

चैत १७, २०७९ शुक्रबार १३:२०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।