रास्वपा सांसद् डाँगीले खुलाइन् स्वकीय सचिवका लागि विज्ञापन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् निशा डाँगीले स्वकीय सचिवको आवेदन खुलाएकी छन्।
उनले कानून र राजनीतिशास्त्रमा स्नातक गरेको, समसामयिक कुरामा जानकारदेखि अंग्रेजी भाषाको दख्खल भएकोजस्ता शर्त राख्दै महिला स्वकीय खोजेकी छन्।
१६ गते आव्हान गरिएको विज्ञापनअनुसार सात दिनभित्र प्रस्ताव पेशको समय सीमा तोकिएको छ।
मेयरदेखि सांसदसम्मले आफ्ना परिवार, आफन्त र नातगोतालाई मात्रै स्वकीय सचिव बनाएको भन्दै आलोचना भइरहेका बेला उनले नयाँ अभ्यास गरेकी हुन्।
चैत १७, २०७९ शुक्रबार १०:२८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।