१७ करोडको कोकिनसहित काठमाडौँमा समातिए दुई भारतीय महिला

१७ करोडको कोकिनसहित काठमाडौँमा समातिए दुई भारतीय महिला

काठमाडौँ : लागु औषध नियन्त्रण ब्युरोको टोलीले ८ किलो कोकिनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै महिला हुन्।

ब्युरोले काठमाडौँबाट ४५ वर्षकी भल्लालामी र २९ वर्षकी इस्टर लालिम्पुरीलाई पक्राउ गरेको हो।

४५ वर्षकी भल्लालामी नयाँ दिल्ली जान लाग्दा चैत १४ गते पक्राउ परेकी थिइन्। प्रहरीले उनको साथबाट २ किलो ८८७ ग्राम कोकिन फेला परेको जानकारी दिएको छ।

चैत १४ गते नै ठमेलको एक होटेलबाट इस्टर लालिम्पुरी ५ किलो कोकिनसहित पक्राउ परिन्। घटनाको प्रकृतिले अन्य व्यक्तिले कोकिन ल्याएर उनीहरूलाई दिएको र उनीहरू सो कोकिन लिएर भारत जाने तयारीमा रहेको देखिन्छ।

प्रहरीले सो कोकिन कहाँबाट, कहिले अनि कसले ल्याएको भन्नेबारे केही खुलाएको छैन। ब्युरोको दाबी अनुसार दुवै जनाबाट बरामद कोकिनको बजार मूल्य १७ करोड, ३ लाख पर्छ।

चैत १६, २०७९ बिहीबार १८:३५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।