रास्वपाका नेता गणेशले बारा-२ उप-निर्वाचनको संयोजकबाट राजीनामा दिए

रास्वपाका नेता गणेशले बारा-२ उप-निर्वाचनको संयोजकबाट राजीनामा दिए

काठमाडौँ : वैशाख १० गते हुने उप-निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बारा-२ निर्वाचन क्षेत्रको संयोजक तोकिएका केन्द्रीय सदस्य गणेश कार्कीले राजीनामा दिएका छन्।

उनले व्यक्तिगत तथा स्वास्थ्यको कारण देखाउँदै निर्वाचन परिचालन कमिटीको संयोजक पदबाट राजीनामा दिएका हुन्।

कार्की मङ्सिर ४ को निर्वाचनपछि पार्टीका गतिविधिप्रति असन्तुष्ट छन्। समानुपातिक सांसद चयनमा उनले सार्वजनिक रूपमै आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए। उनी रास्वपाको केन्द्रीय सदस्य समेत हुन्।

१६ चैत, २०७९, १६:५०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।