तनहुँ–१ बाट गोविन्द भट्टराई कांग्रेस उम्मेदवार, बारामा जसपालाई सघाउने

तनहुँ–१ बाट गोविन्द भट्टराई कांग्रेस उम्मेदवार, बारामा जसपालाई सघाउने

काठमाडौं : नेपाली कांग्रेसले अगामी बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ–१ बाट गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ।

पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्यसमेत रहेको भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँको प्रतिनिधिसभा सदस्यको सिट खाली छ।

यस्तै, बारा–२ मा जसपाबाट उपेन्द्र यादव उठ्ने चर्चा चलिरहँदा कांग्रेसले जसपालाई सघाउने निर्णय गरेको छ।

चितवन–२ मा भने पार्टीले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ।

१६ चैत, २०७९, १३:५३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।