ललितपुर मेयर कपको उपाधि एपीएफलाई, कोशी ५४ रनले पराजित

ललितपुर मेयर कपको उपाधि एपीएफलाई, कोशी ५४ रनले पराजित

काठमाडौं : ललितपुर मेयर कप महिला टी–२० च्याम्पियनसिपको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ।

१५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशलाई ६ विकेटको लिएर १०० रनमा समेट्दै एपीएफ क्लबले ५४ रनले खेलसँगै उपाधि पनि जितेको हो।

लक्ष्य पछ्याउने क्रममा कोशीकी कप्तान रुविना क्षेत्रीले ३५, अप्सरी बेगमले १० र लकिता राजवंशीले अविजित २१ रन बनाए।

नम्रता श्रेष्ठ, स्मृति कटुवाल, काजल श्रेष्ठले दोहोरो अंकमा रन जोड्न सकेनन् भने सबनम राईले दुई बल खेल्दा एक रन बनाउन सकिनन्।

बलिङतर्फ एपीएफकी बिनु बुढाले दुई तथा न्यारी थापा, सोनु खड्का र रेखा रावलले समान एक–एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको एपीएफले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १५४ रनको योगफल खडा गर्यो।

उसका लागि कप्तान सीता रानामगर र इन्दु बर्माले अविजित रहँदै क्रमशः ७९ र ५१ रन जोडे। ज्योति पाण्डे भने १२ बलमा मात्र २ रन बनाएर पेभेलियन फर्किइन्।

कोशीकी एलिसा खडियाले एक विकेट लिइन्।

योसँगै एपीएफले लगातार तेस्रोपटक ललितपुर मेयर कप महिला टी–२० च्यापियनसिपको उपाधि जितेको हो।

१६ चैत, २०७९, १३:२१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।