पत्रकारमाथि दुर्व्यवहार गरेको मुद्दामा सलमान खानलाई उच्च अदालतको राहत

पत्रकारमाथि दुर्व्यवहार गरेको मुद्दामा सलमान खानलाई उच्च अदालतको राहत

एजेन्सी : पत्रकारमाथि दुर्व्यवहार गरेको मुद्दामा बलिउड अभिनेता सलमान खानलाई बम्बई हाइकोर्टले राहत दिएको छ।

सन् २०१९ मा खानविरुद्ध दर्ता भएको मुद्दाको विषयलाई लिएर अदालतले राहत दिएका हुन्।

एक पत्रकारले आफूमाथि दुर्व्यवहार गरेको भन्दै सन् २०१९ मा सलमान खानविरुद्ध एफआईआर दर्ता गरेका थिए। त्यसपछि यो मुद्दा अदालतसम्म पुगेको थियो।

तर यो मुद्दाको विषयमा अदालतले सलमान खानविरुद्ध दर्ता गरेको एफआईआर रद्द गर्न आदेश दिएको छ।

यो खबर सार्वजनिक भएपछि सलमान खानले राहतको सास फेरेका छन् भने उनका फ्यानहरू खुसी भएका छन्।

चैत १६, २०७९ बिहीबार १२:५९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।