रंगशालाबारे बोले प्रधानमन्त्री दाहाल- ‘सरी ! मेयरसापले सम्झाएपछि याद आयो’

रंगशालाबारे बोले प्रधानमन्त्री दाहाल- ‘सरी ! मेयरसापले सम्झाएपछि याद आयो’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई साताभित्र भरतपुरमा निर्माणाधीन अवस्थामै अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासम्बन्धी सबै समस्या समाधान हुने बताएका छन्।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले दुई साताभित्र क्रिकेट रंगशालाको सम्पूर्ण समस्या समाधान हुने बताएका हुन्।

आफ्नो मन्तव्य सक्याइसकेका दाहाललाई भरतपुर महानगरपालिकाकी प्रमुख एवं दाहालपुत्री रेनु दाहालले रंगशालाको विषय सम्झाएका थिए। त्यसपछि उनी पुनः माइकतर्फ फर्केर रंगशालाको विषयमा बोलेका हुन्।

‘सरी! एउटा कुरा फेरि मैले भन्नुपर्यो। यहाँ मेयरसापले सम्झाएपछि याद आयो। म भन्छु त भन्दै थिएँ,’ उनले भने, ‘क्रिकेट रंगशालाको कुरा, मलाई लाग्छ एक हप्ता वा दुई हप्ताभित्र सबै समस्या समाधान हुन्छ र निर्माण कार्य अगाडि बढ्छ।’

उनले ढिलामा शुक्रबार विहानसम्म मन्त्रीमण्डल विस्तार भइसक्नेसमेत बताएका थिए।

१६ चैत, २०७९, १२:१९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।