उप-निर्वाचन : चितवन-२ मा कांग्रेसबाट जितनारायण श्रेष्ठ उम्मेदवार

उप-निर्वाचन : चितवन-२ मा कांग्रेसबाट जितनारायण श्रेष्ठ उम्मेदवार

काठमाडौं : चितवन-२ को उप-निर्वाचनमा नेपाली कांग्रेसबाट जितनारायण श्रेष्ठ उम्मेदवार बन्ने भएका छन्।

कांग्रेसको कार्यसम्पादन समितिको बैठकले पूर्व जिल्ला सभापति समेत रहेका श्रेष्ठलाई उमेदवार बनाउने निर्णय गरेको हो।

मंसिर ४ मा भएकाे निर्वाचनमा साे क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने निर्वाचित भएका थिए।

नागरिकता विवादमा सर्वोच्चले नागरिकता निष्क्रिय रहेको  ठहर गतेपछि उनकाे सांसद पद गुमेपछि उपनिर्वाचन हुन लागेकाे हाे।

रास्वपाबाट रवि आफैँ उम्मेदवार हुने तयारीमा छन्। तर, औपचारिक निर्णय गरिसकेका छैनन्।

एमालेले उम्मेदवार तय गरेको छैन। माओवादी लगायतका ९ दलले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्छन् या उम्मेदवार उठाउँछन् निश्चित छैन।

यसअघि कांग्रेसले त्यहाँ पूर्वमन्त्री उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको थियो। 

चैत १६, २०७९ बिहीबार १२:१०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।