ढिलामा भोलि बिहानसम्म मन्त्रीमण्डल विस्तार हुन्छ : अध्यक्ष दाहाल

ढिलामा भोलि बिहानसम्म मन्त्रीमण्डल विस्तार हुन्छ : अध्यक्ष दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलामा भाेलि बिहानसम्म मन्त्रीमण्डल विस्तार हुने बताएका छन्।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सकेसम्म साँझसम्म र ढिलामा भोलि बिहानसम्म मन्त्रीमण्डल विस्तारको तयारी रहेको बताए।

‘सकेसम्म आजै मन्त्रीमण्डल विस्तार गरेर शपथग्रहण गराउने मेरो लक्ष्य छ। आज सकिएन भने भोलि बिहान होला,’ उनले भने, ‘हाम्रो काम सकिएको छ। एक/दुईवटा मन्त्रालय मिलाउन बाँकी छ। अरु टुंगिएको छ।’

राजनीतिक स्थायित्वले नयाँ आधार प्राप्त गर्न लागेको भन्दै उनले सिंगो राष्ट्रलाई एकताबद्ध गरेर विकास र समृद्धिको दिशातर्फ लैजाने संकल्प गरेको बताए।

चैत १६, २०७९ बिहीबार ११:४७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।