पाल्पामा ६१ वर्षीया वृद्धाको सामुहिक बलात्कार, दुई जना पक्राउ

पाल्पामा ६१ वर्षीया वृद्धाको सामुहिक बलात्कार, दुई जना पक्राउ

पाल्पा : ६१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रुपन्देही गैडहवा गाउँपालिका–६ घर भई पाल्पा तानसेन नगरपालिका–६ स्थित खानेपानी ट्याङ्की निर्माणको काम गरी बस्ने ५६ वर्षीय महताम लोध र रुपन्देही कोटहीमाई गाउँपालिका–२ घर भएका १८ वर्षीय किशोर रहेका छन्।

उनीहरूले ती वृद्धालाई मंगलबार बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनीहरूलाई बुधबार पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

१६ चैत, २०७९, ११:३६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।