बालुवाटारबाटै चितवन उडे प्रचण्ड, आजै मन्त्रिपरिषद् विस्तारको तयारी

बालुवाटारबाटै चितवन उडे प्रचण्ड, आजै मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनको बैठक छाडेर हेलिकप्टरमार्फत चितवन गएका छन्।

मन्त्रालय भागबण्डाका लागि बोलाइएको बैठक छाडेर कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह रविमानस्थल भवनको शिलान्यासका लागि उनी बालुवाटारबाटै हेलिकप्टरमा चितवन उडेका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू अहिले पनि बालुवाटारमा नै छन्। उनी दिउँसो एक बजे काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री प्रचण्डको व्यस्तताले बैठक दिउँसो २ बजे फेरि बस्ने गरि सकिएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री फर्किएपछि बैठक राखेर आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ। 

१६ चैत, २०७९, ०९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।