‘निर्भिक नारी’मा प्रस्तुति दिएपछि मेलिनाको प्रष्टोक्ति : मैले कस्तो गाउँछु टिकटकमा हेर्नुहोला

‘निर्भिक नारी’मा प्रस्तुति दिएपछि मेलिनाको प्रष्टोक्ति : मैले कस्तो गाउँछु टिकटकमा हेर्नुहोला

काठमाडौं : बुधबार कान्तिपुर पब्लिकेसनको कार्यक्रम ‘निर्भिक नारी’ भयो। त्यसमा सांगीतिक प्रस्तुतिका लागि गायिका मेलिना मैनालीलाई बोलाइयो। मैनालीले प्रस्तुति पनि दिइन्।

प्रस्तुतिको बीच–बीचमा उनले प्राविधिकहरूतर्फ केही संकेत गरेको जस्तो पनि देखिन्छ। करिब सात मिनेटको प्रस्तुति दिएकी उनले दुईवटा गीत गाउँछिन्, ‘फिका फिका लाग्छ मलाई’ र ‘म तिमीलाई माया गर्छु’।

मेलिनाको उक्त प्रस्तुतिको अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। सोही भिडियोको कमेन्टमा उनको प्रस्तुतिको चर्को आलोचना भइरहेको छ। कतिपयले उनलाई हाँसोको पात्र बनाएका छन् भने कतिपयले यत्तिको गीत आफूले पनि गाउनसक्ने भनेका छन्।

चर्को आलोचनापछि गायिका मैनालीले गीत नराम्रो सुनिएको स्वीकार गर्दै साउण्ड सिस्टमलाई कारक मानेकी छन्। फेसबुक लाइभ भएको इकान्तिपुरको उक्त भिडियोको कमेन्टमा गायिका मैनालीले आफ्नो वास्तविक प्रस्तुति टिकटकमा हेर्नसमेत अनुरोध गरेकी छन्।

उनले लेखेकी छन्, ‘मैले राम्रो गाउने कोसिस गरेको थिएँ तर साउन्ड सिस्टम नमिलेको कारण यस्तो सुनियो। यो कार्यक्रम हेरेर मेरो जज नगर्नुहोला। मैले कस्तो गाउँछु मेरो टिकटक पेजमा हालेको हुन्छु। त्यसैले यहि कार्यक्रम हेरेर कमेन्ट नगर्नुहोला।’

गायिकाको यो कमेन्टपछि उक्त पोस्ट झन् भाइरल बनेको छ। अहिले उनको कमेन्टमा मात्रै कयौंले रिप्लाइ गर्दै उनलाई अर्कोपटक देखि प्रस्तुति सुधार्न सुझाव दिएका छन्।

एक प्रयोगकर्ता लेख्छन्, ‘टिकटकमा हेर्ने भए स्टेजमा किन गाउन गाको त? साउन्ड सिस्टमलाई दोष दिन मात्रै। टिकटकमा ओट चलाए मात्र पुग्ने स्टेजमा पनि त्यस्तै सोच्नाले कुरो बिग्रियो जस्तो छ। जेहोस् यसपालीलाई जे हुनु भैहाल्यो अर्को पटक यस्तो नगनुृ ल!’

उनको कमेन्टमा अर्का प्रयोगकर्ता रिप्लाइ गर्छन्, ‘स्वर पुगिराको छैन कसरी साउन्ड सिस्टम नराम्रो हुन्छ र?’

१६ चैत, २०७९, ०७:४९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।