मन्त्रालय नटुङ्गिए पनि एकीकृत समाजवादीले मन्त्रीको नाम टुङ्ग्यायो, बेदुराम र प्रकाश ज्वाला मन्त्री बन्दै

मन्त्रालय नटुङ्गिए पनि एकीकृत समाजवादीले मन्त्रीको नाम टुङ्ग्यायो, बेदुराम र प्रकाश ज्वाला मन्त्री बन्दै

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुन दललाई कुन मन्त्रालय दिने निर्णय गर्न नसके पनि एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारमा पठाउने दुई मन्त्रीको नाम भने टुङ्ग्याएको छ।

पार्टीको पदाधिकारीकारी बैठकले पार्टीको तर्फबाट सरकारको नेतृत्व पार्टी उपाध्यक्ष तथा राष्ट्रिय सभामा दलका नेता बेदुराम भुसालले गर्ने निर्णय गर्दै प्रकाश ज्वालालाई मन्त्रीको रूपमा पठाउने निर्णय गरेको हो।

समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई दुवै नेताको नाम पठाइसकेको पार्टीका एक नेताले जानकारी दिए। एकीकृत समाजवादीले सरकारमा गृहसहित तीन मन्त्रालयको माग गरे पनि सांसद सङ्ख्याको आधारमा भागबन्डा गर्दा दुई मन्त्री परेको थियो। जनता समाजवादीको भागमा समेत दुई मन्त्रालय परेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रधानमन्त्री प्रचण्डले तीन मन्त्रालय दिने तयारी गरेका छन्।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पाँच मन्त्रालय लिँदै छ। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल काँग्रेसले सात मन्त्रालय पाएको छ।

१५ चैत, २०७९, १७:४१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।