आइपिएलको उद्घाटन समारोहमा अभिनेत्री तमन्ना सहभागी हुँदै

आइपिएलको उद्घाटन समारोहमा अभिनेत्री तमन्ना सहभागी हुँदै

एजेन्सी : इन्डियन प्रीमियर लिगको १६ औँ संस्करणको प्रारम्भ ३१ मार्चमा हुँदैछ। प्रतियोगिताको उद्घाटनको दिन गत वर्षको विजेता गुजरात टाइटन्स र चार पटक विजेता भइसकेको चेन्नई सुपरकिंग्सविच हुँदैछ।

अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा हुने प्रतियोगितामा यस पटक उद्घाटन कार्यक्रम समेत राखिएको छ। चार वर्षपछि हुन लागेको उद्घाटन समारोहमा कैयौँ कलाकारहरू सहभागी हुँदैछन्।

त्यसमध्येकी एक कलाकार अभिनेत्री तमन्ना भाटिया हुन्। आइपिएलको आयोजकले यसबारे पुष्टि गर्दै भाटिया उद्घाटन समारोहमा सहभागी हुने जानकारी दिएको छ। ट्विट गर्दै आयोजकले 'आइपिएल उद्घाटन समारोहमा तमन्नाको साथमा जोडिनुहोला। हामी दुनियाँको सबैभन्दा ठुलो  क्रिकेट स्टेडियम- नरेन्द्र मोदी स्टेडियममा क्रिकेट उत्सव मनाइरहेका छौँ' लेखेको छ।

मार्च ३१ मा बेलुका छ बजे उद्घाटन समारोहको आयोजना हुँदैछ। सात बजे टस हुनेछ। साढे ७ बजे पहिलो प्रतियोगिता सुरु हुनेछ।

१५ चैत, २०७९, १७:२८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।