बालुवाटार बैठक फेरि विनानिष्कर्ष, ३ बजे फेरि बस्ने

काठमाडौं : मन्त्रिमण्डल विस्तार गर्न भागबन्डा टुंग्याउने गरी छलफलमा जुटेको दश दलीय सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष टुंगिएको छ।
दिउँसो ३ बजे बस्नेगरी नेताहरू बालुवाटारबाट बाहिरिएका छन्। बैठकमा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत शीर्ष नेता निस्किएका हुन्।
अन्य दलका नेता बाहिरिएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वान टु वान वार्ता गरिरहेका छन्।
हिजो पनि कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३–३ मन्त्रालय पाउनैपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन बनेको थियो।
एकीकृत समाजवादीले संघमा तीन रोजेको मन्त्रालय, एक प्रदेश सरकारको नेतृत्व र सबै प्रदेश सरकारमा सहभागिताको अडान राखेको छ।
चैत १५, २०७९ बुधबार १२:४४:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।