प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं : संघीय संसदअन्तर्गत बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९) पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन्।
चैत १५, २०७९ बुधबार ०९:१७:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।