टिकटक देखाउने बहानामा बालिका बलात्कार गर्नेलाई दैलेखमा १९ वर्ष जेल

दैलेख : जिल्ला अदालत दैलेखले बालिका बलात्कारको कसुरमा काभ्रे जिल्ला पाँचखाल नगरपालिका–६, हाक्से घर भई दैलेख बस्ने २६ वर्षीय शिबु तामाङलाई १९ वर्ष कैद फैसला गरेको छ।
तामाङबाट पीडितलाई एक लाख क्षतिपूर्ति र पीडित राहत कोषमा २२ रुपैयाँ तिर्नुपर्ने फैसला समेत भएको छ।
जिल्ला अदालतका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार १३ वर्षीया बालिका बलात्कार कसुरमा तामाङलाई १९ वर्ष कैद सजायको फैसला सुनाइएको हो।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले मंगलबारे फैसला गरेको हो।
मध्यपहाडी राजमार्गको निर्माणाधीन सडकमा मजदुरी गर्ने तामाङले बालिकालाई मोबाइलमा टिकटक देखाउने बहानामा २०७८ चैत १६ गते राति बलात्कार गरेको पीडित पक्षको सूचना आधारमा प्रहरीले प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो।
घटना सम्बन्धमा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय दैलेखले ०७९ वैशाख ६ गते दैलेख जिल्ला अदालतमा बलात्कार सम्बन्धी अभियोग पेश गरेको थियो।
चैत १५, २०७९ बुधबार ०९:०५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।