काठमाडौंका यी रुटमा आइतबारसम्मै सवारी अवागमन प्रभावित हुने

काठमाडौंका यी रुटमा आइतबारसम्मै सवारी अवागमन प्रभावित हुने

काठमाडौं : काठमाडौं महानगरपालिकाले बुधारदेखि आइतबारसम्म काठमाडौंका केही सडकमा सवारी आवगमन प्रभावित हुनसक्ने जनाएको छ।

सेतो मच्छिन्द्रनाथको रथजात्राका कारण आइतबारसम्म सवारी आवगमन प्रभावित हुने महानगरद्वारा जारी सूचनामा उल्लेख छ।

रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधनहरूलाई प्रवेशमा निषेध गरिएको महानगरले जनाएको छ।

सूचनाअनुसार बुधबार तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी, असनको सवारी आवागमन प्रभावित हुनेछ।

चैत १६ गते असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर, चैत १७ गते हनुमानढोका दरबार परिसर, मरू टोल, चिकँमुगल, जैसीदेवल, ज्याबहाल, लगन चोकमा रथयात्रा हुनेछ।

चैत १८ गते लगन चोक र १९ गते लगन चोक दलाछि ह्युमत जैसीदेवल कोहिटी भीमसेनस्थान मरु टोलमा रथ यात्रा हुने भएकाले रथयात्राको समय उक्त क्षेत्रमा कुनै पनि प्रकारका सवारी प्रवेश गर्न दिइने छैन।

रथयात्राका लागि सेतो मच्छिन्द्रनाथको रथ तयार गरिसकिएको छ भने आजदेखि काठमाडौंमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ।

चैत १५, २०७९ बुधबार ०८:५७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।