मेक्सिकोको आप्रवासी केन्द्रमा भएको आगलागीमा मृत्यु हुने संख्या ४० पुग्यो

मेक्सिकोको आप्रवासी केन्द्रमा भएको आगलागीमा मृत्यु हुने संख्या ४० पुग्यो

एजेन्सी : मेक्सिकोको आप्रवासी केन्द्रमा आगलागी हुँदा मृत्यु हुनेको संखया ४० पुगेको छ। २९ जनाभन्दा बढि घाइते भएका छन्।

मारिनेमा अधिकांश मध्य र दक्षिण अमेरिकाबाट संयुक्त राज्य अमेरिका जाने प्रयासमा रहेका आप्रवासी रहेका छन्।

निर्वासनको विरोधमा भएको प्रदर्शनका क्रममा आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

आगलागी स्थानीय समय अनुसार राति ९ बजे भएको बीबीसीले जनाएको छ।

टेक्सासको एल पासोबाट रियो ग्रान्डे नदीको छेउमा रहेको यस सहरमा पछिल्ला दिनहरूमा आप्रवासीहरूको ठूलो भीड लाग्दै आएको छ।

महामारीका समयमा अमेरिकाले आप्रवासीलाई सहजै सीमा पार गर्न दिएकाले त्यसैको आशामा ठूलो संख्यामा आप्रवासी मेक्सिको पुगेका थिए।

१५ चैत, २०७९, ०७:४४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।