‘मिटर ब्याज’मा रकम असुली गर्नुलाई अपराध घोषणा गर्ने सरकारको निर्णय, कानून संशाेधनको तयारी

‘मिटर ब्याज’मा रकम असुली गर्नुलाई अपराध घोषणा गर्ने सरकारको निर्णय, कानून संशाेधनको तयारी

काठमाडौं : सरकारले मिटर ब्याजमा रकम असुली गर्नुलाई अपराध घोषणा गर्ने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मिटर ब्याजमा रकम असुली गर्नुलाई अपराध घोषणा गर्ने निर्णय गरेको सञ्चार मन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार मिटरब्याजलाई अपराध घोषणा गरी कानूनी दायरामा ल्याउन मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णयसमेत बैठकले गरेको छ।

गाउँमा साहुकारसँग लिएको चर्को ब्याजको ऋण (मिटरब्याज) का कारण जायजेथा गुमाउनुपरेको भन्दै न्याय माग्न मधेशका जिल्लाबाट एक टोली पैदल हिँडेर काठमाडौं आएको छ।

चैत १४, २०७९ मंगलबार १७:३१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।