ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु, पाँच वर्षीया छोरी घाइते

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु, पाँच वर्षीया छोरी घाइते
फाइल तस्बिर

काठमाडौं : ललितपुरको महांकाल गाउँपालिका–१ बुखेलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

रातो पहिरोस्थित सडकमा बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक बाग्मती गाउँपालिका–७ घर भई महांकाल गाउँपालिका–१ बुखेल बस्ने ३५ वर्षीय बिष्णुप्रसाद फुँयाल र मोटरसाइकलमा सवार उनकै श्रीमती ३४ वर्षीया सिर्जना फुँयाल रहेका छन्।

साथै दुर्घटनामा गम्भीर घाइते भएकी उनकै छोरी ५ वर्षीय सिर्जना फुँयाललाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

१४ चैत, २०७९, १७:२१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।