तापसी पन्नुविरुद्ध प्रहरीमा उजुरी

एजेन्सी : बलिउड अभिनेत्री तापसी पन्नुविरुद्ध उजुरी परेको छ।
पन्नुविरुद्ध मध्यप्रदेशको इन्दोरमा उजुरी परेको बलिउडलाइफले समाचार लेखेको छ।
उनीमाथि सनातन धर्मको छविमा चोट पुर्याएको आरोप लागेको छ। प्रहरीले यस विषयमा उजुरी दर्ता गरी अनुसन्धान सुरु गरेको छ।
तापसीले सनातन धर्मको अपमान गरेको भन्दै एकलव्य गौरले निवेदन दिएको छत्रीपुरा थानाका एसएचओ कपिल शर्माले मिडियालाई जानकारी दिएको समाचारमा उल्लेख छ।
तापसी पन्नुले केही दिनअघि भएको फेसन शोमा र्याम्पवाक गर्दा निकै बोल्ड ड्रेस लगाएकी थिइन्। उनले उक्त ड्रेसमा माता लक्ष्मीको लकेट पनि लगाएकी थिइन्।
यहि विषयलाई लिएर उजुरीकर्ताले उजुरी गरेको एसएचओ शर्माले बताएको समाचारमा उल्लेख छ।
चैत १४, २०७९ मंगलबार १५:३६:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।